तितो करेलाले कस्ता रोगहरु निको पार्छ ?

खबर खुराक
२४ साउन २०८०

२४ साउन, काठमाडौं ।  तितो करेला खादा कति पयलाई करेलाको तितो स्वाद मन पर्दैन त कति पयलाई अत्याधिक मन पर्छ । स्वादका हिसावले मन पर्नु अथवा नपर्नु भन्दा स्वास्थ्यका हिसावले कस्ता खाले मानिसले करेलाको सेवन गर्नु हुन्छ भनेर सामान्य जानकारी राख्नु अत्यावस्यक छ । करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ ।

करेलामा भिटामिन ए, भिटामिन बि, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । तितो करेलामा पाईने यस्ता तत्वहरु हाम्रो शरिरमा निक्कै महत्वपूर्ण भूमिका खेल्छन् । केहि रोगीका लागि त करेला सेवन लाभदायक छ ।

आज करेलाकाे केहि फाईदा बारे चर्चा गरौं

श्वासप्रश्वास समस्यामा

ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्या भएका विरामीका लागि अत्यन्तै लागदायक हुन्छ ।

लिभर टनिक

दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । तर, अहिले खाएर भरेनै यसको असर खोज्नुभयो भने तपाई गलत साबित हुनुहुने छ । यसले स्वास्थ्यमा पारेको सकारात्मक असर बुुझ्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनुु पर्ने हुन्छ ।

रोग प्रतिरोधक

पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ ।

डण्डीफोरमा

करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ।

मधुमेह

करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ ।

इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ । दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् ।

करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् ।

कब्जियतमा

यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।

छालाको समस्यामा

करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ ।

मिर्गौला र ब्लाडर

यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ ।

मुटुको रोग

यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

तौल घटाउन

यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ ।

यस्ता मानिसले करेला खानु हुदैन जान्नुहोस

तीते करेला सबै मानिसलाई मन पर्छ भन्ने छैन । केटा केटिलाई त झन् पटक्कै मन पर्दैन करेला किनकि करेला खादा तितो हुन्छ ।

यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु विष बराबर :

पायल्स

तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ ।

शल्यक्रिया

शल्यक्रिया गरेपछि करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ ।

कलेजोको समस्या

तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ ।

महिनावारी समस्या

महिनावारीको समयमा यो खाएमा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरू करेलाबाट टाढा रहन पर्छ ।

गर्भवती

बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्‍याउन जरुरी हुन्छ ।

तीते करेलाको फाईदा मात्रै होइन वेफाईदा पनि छ ।

– रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ ।

– तीतेकरेलाको बियाँको घेरामा हुने तत्वलेसाना बालकहरूलाई विषादिको काम गर्छ।

– गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।

– यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ ।

– तीतेकरेलाको बियाँको घेरामा हुने तत्वले साना बालकहरूलाई विषादिको काम गर्छ

फेरि गाँजर र करेला सेवन गर्नुकाे बेग्लै फाइदा छन्

गाँजर – गाँजर खानाले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ । गाँजरमा भएको पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो । यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ । गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । गाँजरको नियमित सेवनले शरीरमा कवचको जस्तै काम गर्छ ।

गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ । गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ ।

यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि गर्नुका साथै ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्टजस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पुर्याउछ । यसले रतन्धो हुनबाट समेत बचाउछ । एक अनुसन्धानले बेटा क्यारोटिनको उपभोगले म्याकुलर डिजेनेरेशन हुनबाट ४० प्रतिशतले बचाउछ ।

गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् । यसले खराब कोलस्टेरोललाई पनि हटाउछ । यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन ।

गाँजरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ । यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ । गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा सहयोग गर्छ ।

करेला – स्वादमा तितो भएपनि यो बहुगुणकारी तरकारीको रुपमा परिचित छ । यो एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । ताजा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्यामा लाभदायी मानिन्छ । दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ ।

पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ ।

करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन् । यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् ।

यसले गर्दा कब्जियतको समस्या पनि हट्छ । यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ । यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ ।

यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ ।

करेलाको सेवनले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउछ । करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ । करेलाको जुसले कपाल झर्ने समस्या पनि हटाउछ । करेलाको जुसमा चिनी मिसाएर लगाउनाले कपाल झर्ने समस्या समाधान हुन्छ ।