जिरा, कालो मरीच र ल्वाङको पानी पिउनुका फाइदा

खबर खुराक
१ भदौ २०८०

 धेरैजसो मानिसले खानाको स्वाद बढाउन जिरा, कालो मरीच र ल्वाङ प्रयोग गर्छन् । तर यी सबैको पानी पिउनु स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । हुन त तपाईं जिरा, कालो मरीच वा ल्वाङको पानी छुट्टा छुट्टै पनि पिउन सक्नुहुन्छ । तर यी तीन वटा पानी सँगै पिउनाले बढी फाइदा मिल्छ । हरेक बिहान खाली पेटमा जिरा, कालो मरीच र ल्वाङको पानी पिउनुका फाइदाबारे जानकारी लिऔँ ।

जिरा, कालो मरीच र ल्वाङको पानी पिउनुका फाइदा

१. पाचन प्रक्रियामा सुधार

तपाईंले हरेक बिहान जिरा, कालो मरीच र ल्वाङको पानी पिउनुभयो भने, यसले तपाईंको पाचन सुधार गर्दछ । यो पानी पिउँदा पाचन प्रणाली बलियो हुन्छ । वास्तवमा, जिरामा थाइमोल नामक कम्पाउन्ड हुन्छ, जसले ग्यास्ट्रिक ग्रन्थिलाई रिलिज गर्नका लागि उत्तेजित गर्छ । हरेक बिहान यो पानी पिउनाले अपच, ग्यास र वाकवाकी जस्ता समस्या निको हुन्छ । हरेक बिहान यो पानी पिउनाले कब्जियतमा पनि राहत मिल्छ ।

२. शरीरलाई डिटक्स गर्छ

मनसुनमा फास्टफुड वा जंकफुड खाँदा शरीरमा टक्सिन जम्मा हुन्छ । यस्तो अवस्थामा जिरा, कालो मरीच र ल्वाङको पानी पिउन सक्नुहुन्छ । यो पानी पिउनाले शरीरमा जम्मा भएको फोहोर पदार्थ सजिलै बाहिर निस्कन्छ । जिरा र कालो मरीचको पानीले शरीरका सबै अङ्गहरू सफा गर्छ र तपाईंलाई स्वस्थ राख्छ ।

३. तौल घटाउन सहयोगी 

मनसुनको मौसममा धेरैको तौल बढ्छ । यस्तो अवस्थामा यदि तपाईं यस मौसममा तौल घटाउन चाहनुहुन्छ भने बिहान खाली पेटमा जिरा, कालो मरीच र ल्वाङको पानी पिउन सक्नुहुन्छ । यो पानी पिउनाले मेटाबोलिज्म तेज हुन्छ जसले बोसो र क्यालोरीहरू बर्न हुन्छ । साथै, यो पानी पिउनाले धेरै खानबाट पनि जोगाउँछ । त्यसैले यो पानी दैनिक पिउनुभयो भने तपाईंको तौल नियन्त्रणमा रहनेछ ।

४. प्रतिरक्षा बढ्छ 

मनसुनमा रोग लाग्नबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बलियो राख्नु अति आवश्यक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो भएका व्यक्तिहरू सजिलै बिरामी पर्दैनन् । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि हरेक बिहान खाली पेटमा जिरा, कालो मरीच र ल्वाङको पानी पिउन सक्नुहुन्छ ।

५. मधुमेह रोगीका लागि लाभदायक

मनसुनमा, मानिसहरू प्रायः फास्ट फुड खान मन पराउँछन्, जसले मधुमेह रोगीहरूमा रगतमा चिनीको मात्रा बढाउन सक्छ । यदि तपाईं मधुमेह रोगी हुनुहुन्छ भने, हरेक बिहान खाली पेटमा जिरा, कालो मरीच र ल्वाङको पानी पिउन सक्नुहुन्छ । यो पानी पिउनाले तपाईंको रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । साथै मधुमेहका कारण हुने समस्याबाट पनि बच्न सकिन्छ ।

जिरा, कालो मरीच र ल्वाङको पानी कसरी बनाउने ?

यसका लागि राति एक गिलास पानीमा आधा चम्चा जिरा, ४–५ वटा कालो मरीच र २–३ वटा ल्वाङ हाल्नुहोस् ।

यस पानीलाई बिहान उमालेर छानेर पिउनुहोस् ।

यो पानी हरेक बिहान खाली पेटमा पिउन सकिन्छ ।

यद्यपि, यो पानीको फाइदा धेरै हुने भएपनि कालो मरीच र ल्वाङको प्रभाव धेरै तातो हुने भएकोले यसलाई लामो समयसम्म पिउनु हुँदैन ।