मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै

खबर खुराक
१७ भदौ २०८०

१७ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै छन् ।

उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् ।

एसिया कपअन्तर्गत सोमबार नेपाल र भारको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलंका जान लागेका हुन् ।