टस हारेर भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
![टस हारेर भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने](https://khabarkhurak.com/wp-content/uploads/2023/09/india-vs-nepal-0492023110540-600x0-1.jpg)
१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।
भारतीय कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ्ग गर्ने अवसर पाएको हो ।
श्रीलंकाको पाल्लेकिल्ले स्टेडियमा यसअघि भारत र पाकिस्तानले खेलेकै पीचमा नेपाल र भारतको खेल खेलाइँदै छ ।
भारतको प्लेइङ ११ : रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इसान किसान, हार्दिक पाण्डेय, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद सामी र मोहम्मद सिराज ।
प्रतिक्रिया दिनुहोस