महाकवि देवकोटा क्याम्पसद्वारा शैक्षिक उपकरण वितरण

खबर संसार
२७ माघ २०८० ११:५५

मिति २०८०÷१०÷२६ गतेका दिन महाकवि देवकोटा क्याम्पसको आयोजनामा सुनवल नगरपालिका वडा नं. ३ किर्तिपुरमा अवस्थित चन्द्र ज्योति आधारभूत विद्यालयको प्राङ्गणमा शैक्षिक उपकरण प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्र ज्योति आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कर्ण बहादुर पुनको अध्यक्षत, सुनवल नगरपालिका वडा नं.३ का वडाध्यक्ष पविन गुरुङको प्रमुख आतिथ्यता, सुनवल नगरपालिका नगरकार्यपालिकाका सदस्य भूमिकला के.सीे. को विशेष आतिथ्यतामा सञ्चालत भएको सो कार्यक्रममा किर्तिपुर युवा क्लबका अध्यक्ष दिपक श्रेष्ठ, जेनिथ युथ क्लबका अध्यक्ष रविन भट्टराई, महाकवि देवकोटा क्याम्पस वि.वि.ए. संयोजक ताराप्रसाद पाण्डे, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक शिक्षिका, अभिभावक, समाजसेवी,महाकवि देवकोटा क्याम्पस वि.वि.ए. चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु, विद्यालयमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरु गरी करिव ८० जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । करिब १०० जना विद्यार्थीहरु अध्ययन गरिरहेको उक्त विद्यालयमा आएर क्याम्पसले शैक्षिक उपकरण प्रदान गर्ने कार्यक्रम आयोजना गरेकोमा आयोजक क्याम्पस परिवारलाई धन्यवाद दिँदै प्रमुख अतिथि गुरुङले क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुमा यस्तो समाजसेवाको भावना विकास भएकोमा खुसी व्यक्त गर्नुभयो । विद्यालयको लागि निकै आवश्यक रहेको कम्प्युटर प्रदान गरेकोमा क्याम्पसमा अध्ययनरत वि.वि.ए. चौथो सेमेस्टरका विद्यार्थी साथै क्याम्पस परिवारलाई धन्यवाद दिँदै सभाध्यक्ष पुनले स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुमा देशमै बसेर केही गर्छु भन्ने भावनाको विकास हुनु पर्ने भन्दै यस्तो महान कार्यमा गरेकामा क्याम्पस सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रम सञ्चालनको क्रममा बोल्दै महाकवि देवकोटा क्याम्पसका उप प्राध्यापक हरिदत्त शर्माले महाकवि देवकोटा क्याम्पस सामुदायिक क्याम्पस भएको र समुदाय प्रति क्याम्पसको जिम्मेवारी रहने तथ्य मध्यनजर गर्दै क्याम्पसमा प्रध्यापनरत शिक्षक, कार्यरत कर्मचारीहरुको आर्थिक सहयोग साथै वि.वि.ए. चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुद्वारा खाना महोत्सबको आयोजनाबाट सङ्कलन गरिएको रकमबाट शैक्षिक उपकरण खरिद गरी विद्यालयलाई प्रदान गरिएको जानकारी गराउँदै सहयोग गर्ने अवसर जुटाइदिनु भएकोमा विद्यालय परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

 



प्रतिक्रिया