नेपाल उद्योग तथा व्यवसायी महासंघ पाल्पाको प्रथम भेला सम्पन्न

खबर संसार
२२ फागुन २०८० १४:१९

मिलन विश्वकर्मा
पाल्पा, २२ फागुन । नेपाल उद्योग तथा व्यवसायी महासंघ पाल्पाको प्रथम भेला मंगलबार तानसेनमा सम्पन्न भएको छ ।

भेलाले सागर प्रसाद देवकोटाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा कृष्णबहादुर थापा, उमा अर्याल, सचिवमा राजेश भट्टराई, उपसचिवमा युवराज श्रेष्ठ, रीता पाण्डे, रोशन बुढामगर र कोषाध्यक्षमा सुरेन्द्र आचार्य, सह कोषाध्यक्ष राजेन्द्र बज्राचार्य चयन सर्वसम्मत निर्वाचित भएका छन् ।

भेलामा प्रमुख अतिथि महासंघका लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष माधव नेपालले अहिले उद्योग व्यवसाय धरासयी बनेको बताउनुभयो । यस्तो अवस्थाबाट बचाउन एमालेको सरकार बन्नुपर्ने बताउनुभयो ।

विशिस्ट अतिथि नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले यतिबेलाको आवश्यकता भनेको सामाजिक न्याय सहितको आर्थिक समृद्धि हो। यसका निम्ति उद्योगी व्यवसायी निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ । राज्यले यो पक्षलाई उपयुक्त वातावरण र परिवेश निर्माण गरि उत्साहित बनाउन सक्नुपर्ने बताउनुभयो ।

महासंघका प्रदेश कमिटी सचिव केशवराज पन्थी, केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज राजु श्रेष्ठ लगायतले शुभकामना दिनुभएको थियो ।

रामजी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सागर प्रसाद देवकोटाले संचालन गर्नुभएको थियो ।

 



प्रतिक्रिया