माथागढी गाउँपालिका -१ चिदीपानीले फागु मनाउने

खबर संसार
७ चैत २०८० ११:२०

पाल्पा, ७ चैत । माथागढी गाउँपालिका-१ चिदीपानीले विविध कार्यक्रम गरी फागु मनाउने भएको छ ।

´हाम्रो संस्कृती हाम्रो पहिचान, मौलिकता संरक्षणमा सबैको योगदान` भन्ने नाराका साथ फागु मनाउने भएको वडाध्यक्ष राजकुमार पन्थीले बताउनुभयो ।

फागुको मौलिकता झल्किने गीत र यसको परम्पराबारे जानकारी दिने उदेश्यले दुई दिन फागु विशेष कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

फागु खेल्न आउनेहरूलाई आफ्नो स्वेच्छाले खुसीपूर्वक दान दिने परम्परा छ । फागु खेल्ने क्रममा संकलित रकम यस क्षेत्रको मौलिक संस्कृति परम्परा संरक्षण र सम्बर्द्धनमा खर्च गर्ने गरिने छ ।

कार्यक्रम सहभागी हुन सबै वडाबासी नागरिकलाई अपिल गरिएको छ ।

यही चैत्र १० गते शनिबारका दिनबाट फागुको कार्यक्रम सुरु हुनेछ । टोल टोलमा पुगेर फागु खेलिने पन्तले बताउनुभयो ।

वडाका विभिन्न स्थानमा फागु खेलिनेछ । वडा कार्यालय अगाडि सातदोबाटो, अंगाहाखोला, रुमाल डाँडा, बियादी,जाउपोखरा, धैरेनी, भुटुके भन्ज्याङ, बुद्धिकोट, बधवारी, अर्पी डाँडा, दोहोरा, फेदीमा फागु कार्यक्रम प्रदर्शन गरिने छ ।



प्रतिक्रिया