वार्षिकोत्सवको अवसरमा जनउत्थान हार्थोक शाखाद्वारा शैक्षिक सामग्री वितरण

खबर संसार
२८ चैत २०८० १०:४५

मिलन विश्वकर्मा
पाल्पा, २८ चैत । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १४औं वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

संस्थाको शाखा कार्यालय हार्थोकद्वारा मंगलबार एक कार्यक्रम गरेर रिब्दीकोट गाउँपालिका-३ मा रहेको भगवती आधारभूत विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको शाखा अध्यक्ष सपना सुनामले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनु गौतमले यस वित्तीय संस्थाले शिक्षा जत्तिको संवेदनशील क्षेत्रमा प्रदान गरेको सहयोग बालबालिकाको लागि अत्यन्तै महत्वपुर्ण रहेको बताउनुभयो ।

भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक धन बहादुर भाटले शैक्षिकसत्रको सुरुवातमा बालबालिकालाई दिइएको शैक्षिक सामाग्रीले उनीहरूको पढाइलाई ठूलो सहयोग मिलेको बताउनुभयो ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको होम आगामी दिनमा नागरिकको हितमा रचनात्मक कार्यक्रम संचालन गरिने शाखा प्रमुख सपना सुनामले बताउनुभयो । लक्ष्मी रानाभाटले स्वागत गर्नुभएको कार्यक्रमको संचालन कर्मचारी दिलबहादुर रेश्मीले गर्नुभएको थियो ।

सपना सुनामको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।



प्रतिक्रिया