खानेपानीको महशुल घटाउन एमाले तानसेनकाे माग

खबर संसार
१६ वैशाख २०८१ १६:०८

बैशाख १६, पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगर कमिटीले खानेपानी महशुल घटाउन माग गरेको छ।

महशुल घटाउन माग गर्दै आइतबार तानसेन खानेपानी उपभोक्ता समितिलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

एमाले तानसेन नगरकमिटीका अध्यक्ष गुराँस आत्रेयले नेपाल सरकारले लिफ्ट्ङि खानेपानी उपभोक्ता समितिको विद्युत महशुलमा २०८० फागुन महिनादेखि पचास प्रतिशतले सहुलियत दिएपनि तानसेन खानेपानी उपभोक्ता समितिले महशुल समायोजन नगरेको बताउनुभयो ।

तानसेनबासीलाई सुपथ मूल्यमा नियमित र प्रयाप्त खानेपानीको व्यवस्था मिलाउन भनिएको छ ।

खानेपानी महशुलमा सरकारले दिएको सहुलियत अनुसार पचास प्रतिशत महशुल छुट दिन ध्यानाकर्षण पत्रमा उल्लेख छ । तत्काल खानेपानी महशुलमा सहुलीयत प्रदान गर्न अध्यक्ष आत्रेयले आग्रह गर्नुभयो ।

ध्यानाकर्षष पत्र बुझ्दै खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले उपभोक्ताको सहुलियतलाई लिएर चिन्ता व्यक्त गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले महशुल समायोजनका लागि तयारी भएपनि खानेपानी सप्लाई र मर्मतमा धेरै समय खर्च गर्नुपरेकोले ढिला भएको बताउनुभयो । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी वैज्ञानिक महशुल तय गरिने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो ।

खानेपानी उपभोक्ता समितिलाई ध्यानाकर्षण पत्र बुझाउन अध्यक्ष आत्रेयको नेतृत्वमा एमाले जिल्ला उपसचिव दीपक विश्वकर्मासहतिको टोली समितिको कार्यालयमा पुगेको थियो ।



प्रतिक्रिया