महिला जनप्रतिनिधिलाई लैङ्गिक समानताबारे अभिमुखीकरण

खबर खुराक
१ जेठ २०८१

जेठ १, पाल्पा । महिला जनप्रतिनिधिलाई लैङ्गिक समानता, अपांगता र सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।

आयोजक दलित महिला केन्द्र नेपालको आयोजना, द एसिया फाउन्डेसनको सहयोग र तानसेन नगरपालिकाको समन्वयमा अभिमुखीकरण कार्यक्रम भएको हो ।

प्रभावकारी र समावेशी सुशासन सुदृढीकरण गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

लैङ्गिक, समानता, अपांगता तथा सामाजिक समावेशीकरण मैत्री बजेट निर्माण प्रक्रिया, योजना प्राथमिकीकरण र कार्यान्वयन बारे सहजीकरण गरिएको द एसिया फाउन्डेसन लुम्बिनी प्रदेश संयोजक चुरामणि पोखरेलले बताउनुभयो ।

कार्यक्रम नगर उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले भौतिक पूर्वाधारमा भन्दा लक्षित वर्गलाई JEDSI नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो । समाजमा हुने लैङ्गिक विभेद हट्नुपर्छ । अपांगता भएका व्यक्तिलाई अपमान गर्नु हुँदैन । समाजमा रहेका यस्ता विकृतिलाई अन्त्य गर्नका लागि यस्ता खालका तालिमले सहयोग गर्ने उहाँले बताउनुभयो । महिला र अपांगता भएका व्यक्तिलाई राज्यका हरेक निकायमा पहुँच पुर्‍याउने गरी क्षमता अभिवृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो ।

दुइ दिनसम्म चलेको कार्यक्रममा कार्यपालिका र वडा सदस्य गरि करिब ३० जनाको सहभागिता रहेको थियो । आइतबार र सोमबार संचालन भएको कार्यक्रममा तानसेन नगरपालिका भित्रका महिला जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीले समानता कायम गर्नका लागि प्रयाप्त बजेट र प्रभाकारी कार्यक्रम ल्याउन सरकारलाई सुझाएका थिए ।