साउनदेखि चैतसम्म ८ करोड ७ लाख ६९ हजार रुपैयाँ बराबरको अचार निर्यात

खबर खुराक
२२ वैशाख २०८०

२२ वैशाख ,काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ८ करोड ७ लाख ६९ हजार रुपैयाँ बराबरको अचार निर्यात भएको छ । चालु आर्थिक वर्षकाे ९ महिनामा १ लाख २९ हजार १ सय किलो अचार निर्यात भएको  भन्सार विभागकाे तथ्यांक छ ।

मुलुकबाट अष्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, बेलायत, अमेरिकामा अचार निर्यात हुने गरेकाे छ । चालु आर्थिक वर्ष सबैभन्दा बढी अमेरिकामा २ करोड ५२ लाख ८५ हजार रुपैयाँ बराबरको ३ लाख ३३ हजार ३९ किलो अचार निर्यात भएको हो । जापानमा १ करोड ६६ लाख ७६ हजार रुपैयाँ बराबरको २५ हजार २११ किलो निर्यात भएको हो ।

गत आर्थिक वर्ष साउनदेखि चैतसम्म कुल २ करोड १४ लाख २४ हजार रुपैयाँ बराबरको ३५ हजार ४२७ किलाे अचार निर्यात भएको थियो । गत वर्ष अष्ट्रेलिया र जापानमा मात्रै अचार निर्यात भएकाे विभागकाे तथ्यांक छ । १ करोड ९० लाख ६५ हजार रुपैयाँ बराबरको ३१ हजार ९७१ किलो अष्ट्रेलियामा र २३ लाख ५९ हजार रुपैयाँ बराबरको ३ हजार ४५६ किलो जापानमा निर्यात भएको थियो ।