पुनर्बिमा कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने
![पुनर्बिमा कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने](https://khabarkhurak.com/wp-content/uploads/2023/05/Untitled-1-5.jpg)
२४ वैशाख ,काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको वैशाख १७ गते बसेको बैठकले यस्तो प्रस्ताव गरेको हो । यो प्रस्ताव सरकार र बिमा प्राधिकरणले अनुमति दिएपछि साधारण सभामा लगिने कम्पनीले जनाएको छ । साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस