दोस्रो कारोबार दिन प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो

खबर खुराक
२५ वैशाख २०८०

२५ वैशाख, काठमाडौं । चालु साताको दोस्रो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

प्रि-ओपन सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ ।३४७ कित्ता सेयर किनबेच हुँदा १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।