नेप्से सूचक २ अंकले घट्यो

खबर खुराक
२७ वैशाख २०८०

२७ वैशाख, काठमाडौँ । बुधबार नेप्से सूचक २ अंकले मात्र घटेको छ । अघिल्लो दिन १० अंकले बढ्दै १८ सय ४४ अंकको विन्दुमा पुगेको नेप्से सूचक बुधबार पुनः २.४३ अंकले घट्दै १८ सय ४१.९३ अंकको विन्दुमा झरेको हो ।

उसो त यस दिन कारोबार रकम समेत घटेर ५८ करोड ९१ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । अघिल्लो दिन १० अंकले नेप्से बढ्दै गर्दा ७७ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज फाइनान्स, हाइड्रोपावर, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहको उपसूचक धनात्मक भएको छ भने बाँकी ८ वटा उपसूचक ऋणात्मक भएको छ ।

आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य ८.२४ प्रतिशतले बढेको छ भने एनसीसी डिभेन्चर फण्डको मूल्य ७.२४ प्रतिशतले घटेको छ ।