मोदी इनर्जी लिमिटेडको आईपिओ बाँडफाँड

खबर खुराक
३१ वैशाख २०८०

३१ वैशाख,काठमाडौं । मोदी इनर्जी लिमिटेडको आईपिओ बाँडफाँड भएको छ ।कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्कासन गरेको थियो ।आईपिओ आज आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपिओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट रसिडिएसले आईपिओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।कम्पनीको आईपिओमा १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि १२ लाख ३६ हजार २६९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार ५२८ आवेदकको आवेदन रद्द भएको छ । बाँकी १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो । यी मध्ये ५ लाख ६१ हजार २२६ आवेदकले दश दश कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले यसअघि १ लाख २८ हजार ९१० कित्ता कम्पनीका कर्मचारीका लागि र सामूहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २८० कित्ता सुरक्षित गरि ५९ लाख ५९ हजार ४ सय २० कित्ता सेयर निष्कासन गरेको थियो ।