कैलालीको कैलारी गाउँपालिका विद्युत सेवा अवरुद्ध

खबर खुराक
२ जेठ २०८०

२  जेठ, धनगढी । कैलालीको कैलारी गाउँपालिका विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार साँझ आएको आँधीहुरीले विधुत पोलहरु भाँचिदा विद्युत सेवा अवरुद्ध भएका हुन् ।

नेपाल विद्युत प्राधिकरण धनगढीका प्रमुख सूर्य नारायण मण्डलका अनुसार कैलारी गाउँपालिका ३ स्थानमा विद्युत पोलहरु भाँचिदा सेवा अवरुद्ध भएको जानकारी दिए । समस्या समाधानको प्रयास जारी रहेको पनि उनको भनाइ छ ।