लामो दुरीको यात्रुबाहक र मालबाहक गाडीको भाडा घट्यो
![लामो दुरीको यात्रुबाहक र मालबाहक गाडीको भाडा घट्यो](https://khabarkhurak.com/wp-content/uploads/2023/05/1664264843_buspark-12-1200x560-wm.jpg)
३ जेठ,काठमाडौं । सरकारले लामो दुरीको यात्रुबाहक र मालबाहक गाडीको भाडा घटाएको छ। आजदेखि नै लागु हुने गरी भाडादर घटेको जानकारी यातायात व्यवस्था विभागले एक सुचना मार्फत दिएको छ।
मंगलबारमात्र डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेको थियो। पेट्रोलियम पदार्थको मुल्य घटेसँगै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ।
प्रतिक्रिया दिनुहोस