कपिलवस्तुमा मौसमी खरबुजा खेतीबाट राम्रो आम्दानी

खबर खुराक
४ जेठ २०८०

४ जेठ,कपिलवस्तु । बगरमा फल्ने चिसो फलकारुमा रहेको खरबुजा उत्पादन गरी कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– ९ धनकौली गाउका कृषकले मनग्ने आम्दानी गरेका छन्।

धनकौलीको मोतिनगर लगायतका गाउका सय बढी कृषकहरुले बाणगंगा नदीको निख्खर जमिनमा खरबुजा उत्पादन गरी राम्रो आम्दानी गर्ने गरेका छन। उनीहरुले बाणगंंगा नदीले बनाएको बगरमा हरियो तरबुजा र खरबुजा उत्पादन गरेका छन्। नदीको निख्खर र सुख्खा बालुवामय बगर बनेको जग्गामा समेत नमुनाका रुपमा उनीहरुले उक्त चिसो फल उत्पादन गरी ५० हजार देखि १ लाख बढीको आम्दानी गरेका हुन्। कृषकहरुले ३ देखि १० कठ्ठा सम्म खरबुजा लगाएका छन।  बैशाख दास्रो साता देखि कृषकहरुले खरबुजा बेच्न सुरु गरेका हुन्।

कपिलवस्तु नगरपालिका– ३ शिवगढका कृषक राहीत चौहानले यस बर्ष ६ कठ्ठामा लगाएको तरबुजाबाट ५० हजार आम्दानी गरेको बताए। मौसमले साथ नदिदा यस बर्ष गत बर्षको तुलनामा उत्पादन आधा घटेको उनले बताए। यस बर्ष २ पटक बेमौसमी बर्षा र एक पटक आएको असिना पानीले तरबुजाको बोटमा क्षति पुर्एको बताए। ५ कठ्ठामा खरबुजा लगाएका साबिक धनकौली गाबिस– ९ मोतिनगरका कृषक रमेश केवटले बैशाख दोस्रो साताबाट तौलिहवा बजारमा खरबुजा बेच्न सुरु गरेको बताए। उनले यस वर्ष खरबुजा खेचर यस वर्ष ८० हजार आम्दानी हुने बताए। उनले पनि मौसमले साथ नदिदा उत्पादन घटकोले सोचे अनुसार आम्दानी गर्न नसकेको बताए। गत बर्ष १५ देखि २० रुपैया प्रति किलो बेचेका थिए। यस वर्ष २० देखि ३० रुपैया सम्म मुल्य पाएको उनले बताए।

अर्का कृषक दिनानाथ केवटले यस बर्ष तरबुजाबाट ५० हजार आम्दानी हुने बताए।  बैशाख जेठको प्रचण्ड गर्मीको बावजुत बालुवाको तापमा रापिदै यतिखेर माग बढी भएकाले फल र तरकारीको स्याहारमा जुटेका केवटले बताए। यस बर्ष पानी र आसिनाले गर्दा उत्पादन धेरै घटेको बताए। गत बर्ष यही खेतीबाट ढेड लाख आम्दानी गरेको उनले भने ‘सिंचाईको सुबिधा हुन सके आम्दाी अझ बढने थियो।’ २ बिघामा बगरे खेती गरेको अर्को कृषक बुद्धु केवटले यस बर्षे एक लाख मात्र आम्दानी भएको बताए। माधुरी ६४ जातको खरबुजा एक कठ्ठामा नै १५ क्युन्ट बढी उत्पादन हुने कृषहरु बताउछन्। यहाँ एक देखि १० किलो सम्मको तरबुजा उत्पादन भएका छन्। उनीहरुद्धारा उत्पादीत खरबुजा अहिले कपिलवस्तुका विभिन्न स्थानमा लाग्ने ४ दर्जन हाटबजारको प्रमुख आकर्षण बनेको छ।

यस्तै यहा खरबुजा अर्घाखाची बुटवल लगायतका स्थानका जाने गरेको छ। अहिले बजारमा खरबुजा प्रति केजी २५ देखि ४० रुपैयाँ सम्म बिक्री भइरहेको छ। खरबुजा खरिद गर्न बुटबल, भैरहवा, अर्घाखाची सम्मका ब्यापारीहरु खेतमै आउने गरेका छन्। स्थानीय कृषक पुर्सराम केवटले खेतमा फलेका तरबुजात तर्फ ईशारा गर्दै भने, ‘ब्यापारीहरु गाडी लिएर खेत मै माल किन्न आउछन्, बिक्रीका लागि कुनै समस्या छैन।,’ बढदै गएको गर्मीसंगै स्थानीय बजारमा चिसो फल र तरकारीको माग बढेकाले आफ्नो उत्पादन बजार सम्म पुरोयउन किसानहरु ब्यस्त देखिन्छन्। सो फलसंगै उनीहरुले त्यहा काक्रो, तरकारी उत्पादन समेत गरेका छन्।

बजारमा भारतबाट समते खरबुजा आयत गर्न थालिए पछि आफूहरुलाई बिक्रीको भने अली समस्या परेको कृषकहरुको गुनासो छ। भारतीय खरबुवा नआएको भए आफूहरुले अझ राम्रो भाउ पाउन सक्ने उनीहरु बताउँछन। जिल्लामो ६५ हेक्टरमा तरबुजा खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यहाँ माधुरी ६४ आस्था, महेन्द्रा र मधुवाला जातका तरबुजा उत्पदान हुने गरको छन्।