मूल्यवृद्धिले आक्रान्त जनता, पूर्वमन्त्री ज्ञवालीकै गुनासाे दुईथरी तरकारी पकाउन सकिंदैन

खबर खुराक
९ जेठ २०८०

९ जेष्ठ , २०८० ।    अहिले मूल्यवृद्धिले जनता आक्रान्त छन्  सबै। नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले पूर्वमन्त्री प्रदीप ज्ञवाली सोमबार पार्टीको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको कार्यक्रममा तरकारी किनेर खानै नसक्ने आवस्था आएको गुनासो गरे ।

मैले नै घरमा हरेक पटक एकथरी तरकारी पाक्नेछ भन्ने कुराको सम्झौता गर्नुपर्ने स्थिति भयो । दुईथरी तरकारी पकाउन सक्ने अवस्था  मेरो चाहिं छैन । मन्त्री पनि भएँ, सांसद पनि धेरै वर्षदेखि छु, दुईथरी तरकारी पकाउन सकिंदैन’ उनले भनेका छन् ।

महँगीविरुद्ध सरकारले पर्याप्त अनुगमन र आपूर्ति व्यवस्थापन गरेको छैन । नेपाल राष्ट्र बैंककाअनुसार जेठ महिनासम्म महँगी वार्षिक ८ प्रतिशतभन्दा माथि गएको देखिन्छ । २०७३ सालपछिकै उच्च बिन्दुको महँगी जनताले अहिले झेलिरहेका छन् ।  एमाले नेतृत्वको सरकार ढलेर गठबन्धन सरकार बनेको एक वर्षमा कतिपय तरकारीको मूल्य अचाक्ली बढेको छ । कतिपय तरकारीको मूल्य भने गत वर्षको तुलनामा घटेको छ ।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिले दैनिक ७५ वटा तरकारी तथा फलफूलको मूल्य अध्यावधिक गर्छ । वर्षमा कतिपय तरकारीको मूल्य अचाक्ली बढेको छ । कतिपय तरकारीको मूल्य भने गत वर्षको तुलनामा घटेको छ ।१५ असार २०७८ को तुलनामा यसवर्ष असारमा ३८ वटा तरकारी तथा फलफूलको मूल्य बढेको छ भने ३६ प्रकारका फलफूल तथा तरकारीको मूल्य घटेको छ ।