फोनको स्टोरेज स्पेस भरियाे ? यसाे गर्नुहाेस

खबर खुराक
१२ जेठ २०८०

१२ जेठ, २०८० ।अहिलेका आधुनिक स्मार्टफोनहरु अनेक फिचरहरुका घर हुन् । स्मार्टफोन केबल फोनकलमा प्रयोग हुने उपकरण मात्र नभई मनोरञ्जन, काम तथा अन्य धेरै चिजहरुका लागि समेत प्रयोग हुुने डिभाइस बनेको छ ।

मानिसका बहुमुखी चरित्रका कारण स्मार्टफोनले ठूलो संख्याका डाटाहरु दिनहुँ स्टोर गरिरहनु पर्दछ जसका कारण फोनको स्टोरेज स्पेस भरिने समस्या छिटै आउँछ । यस्तो अवस्थामा मानिसहरु स्टोरेज क्षमता विस्तारका लागि बाह्य एसडी कार्ड खरीद गर्ने, क्लाउड स्टोरेज आदि उपाय अपनाउँछन् ।

तर यसरी स्टोरेज क्षमता विस्तारका लागि फोन बाहिरका विकल्प छान्नुअघि हामीले फोनमै रहेको स्टोरेज खाली गर्ने उपाय अपनाउन सकिन्छ । यसका लागि निम्न कुराहरु गर्न सकिन्छ–

फोनमा अनावश्यक रुपमा ओगटिएको स्पेस खाली गर्ने सबैभन्दा सजिलो उपाय भएको प्रयोग नभइरहेका एपहरु हटाउनु नै हो । हामीले आफ्नो फोनमा अनेक खालका एपहरु इन्स्टल गरेका हुन्छौं । तर समयक्रमसँगै तीमध्ये धेरै एपहरु हामीले विरलै वा कहिल्यै पनि प्रयोग गरेका हुँदैनौँ । त्यसैले त्यस्ता एप अनइन्स्टल गर्दा केबल फोनको स्टोरेज खाली हुने मात्र होइन फोनको पर्फमेन्स पनि बढ्दछ ।