अर्घाखाँचीमा मिटरव्याजविरुद्ध ३ वटा उजुरी,लुम्बिनी प्रदेशभर ४ हजार

खबर खुराक
१४ जेठ २०८०

१४ ,जेठ ।

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा मिटरव्याजविरुद्ध ३ वटा उजुरी परेका छन् ।

सरकारले गठन गरेको अनुचित लेनदेन (मिटरव्याज) सम्बधी जाँचबुझ आयोगले उजुरी आह्वान गरेको थियो । हालसम्म जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा ३ वटा मात्र उजुरी दर्ता भएका छन् ।

यता लुम्बिनी प्रदेशभर ४ हजार उजुरी दर्ता भएका छन् । आयोगले सार्वजनिक गरेको विवरण अनुसार बर्दियामा ३३०, बाँकेमा ९२, दाङमा ४४६, रोल्पामा ११, रुकुम पूर्वमा १ तथा गुल्मीमा १ वटा उजुरी परेका छन् । त्यस्तै, अर्घाखाँचीमा ३, कपिलवस्तुमा एक जनाएक सय ४५ र पाल्पामा १ वटा उजुरी परेका छन् ।