पाँचतारे वा सो भन्दा माथिको होटल ,लक्जरी रिर्सोट र बहुमूल्य धातुका गहनामा विलासिता कर लाग्ने

खबर खुराक
१५ जेठ २०८०

१५, जेठ।

सरकारले पाँचतारे वा सो भन्दा माथिको होटल र लक्जरी रिर्सोटले प्रदान गर्ने सेवामा विलासिता कर लाग्ने भएको छ ।

आर्थिक विधेयक २०८० अनुसार यस्तो सेवामा २ प्रतिशतले कर लाग्ने भएको हो । सरकारले आयातित मदिरा र १० लाख रुपैयाँ भन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा समेत सोही दरमा कर लागु हुने विधेयकमा उल्लेख छ । यस्तो कर होटल तथा रिर्सोटले सेवा प्रदान गरेको बेला नै असुल गर्नुपर्ने भएको छ ।