वैदेशिक रोजगारबाट फर्केका व्यक्तिले ल्याएको टीभीमा भन्सार नलाग्ने

खबर खुराक
१५ जेठ २०८०
१५,जेठ । वैदेशिक रोजगारीमा विदेश गएर १ वर्षपछि फर्केका व्यक्तिले ल्याएको जुनसुकै आकारको टीभीमा भन्सार नलाग्ने भएको छ ।अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष ०८०/८१ का प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा बजेट पेस गर्दै यसबारे जनाएका हुन् ।यस अघिसम्म वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरूले ३२ इन्चीसम्मको टीभी ल्याएमा भन्सार नलाग्ने प्रावधान थियो । ३२ इन्चीभन्दा बढीको टीभी ल्याएमा भने भन्सार शुल्क तिर्नुपर्ने थियो । अब भने जुनसकै आकारको टीभी ल्याए पनि भन्सार नलाग्ने भएको हो ।