चालु आर्थिक वर्षबाट ज्येष्ठ नागरिक भत्ता

खबर खुराक
१५ जेठ २०८०

१३,जेठ ।

सरकारले ज्येष्ठ नागरिक भत्ता यथावत राख्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ज्येष्ठ नागरिक भत्ता यथावत राख्ने घोषणा गरेका हुन् । ‘चालु आर्थिक वर्षबाट ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको मासिक ४ हजार रूपैयाँ भत्तालाई निरन्तरता दिएको छु,’ उनले भने ।

ज्येष्ठ नागरिक भत्तालगायत समाजिक सुरक्षा कार्यक्रमका लागि उनले १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको पनि जानकारी दिए ।