१५ जेठ सम्म प्रयोगमा रहेका र दर्ता नभएको मोबाइललाई कर तिरेर वैध गर्न सक्ने

खबर खुराक
१६ जेठ २०८०

१६जेठ,  ।

सरकारले विदेशबाट आफन्त तथा साथीभाइले पठाएर/ल्याएर नेपालमा प्रयोगमा रहेका करिब ५० लाख फोनलाई १० हजार रुपैयाँसम्म कर तिरेर वैध बनाउन सक्ने व्यवस्था गरेको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा प्रस्तुत गरेको आर्थिक ऐन २०८० मा मोबाइल फोनको दर्ता सम्बन्धी विशेष व्यवस्थामा १५ जेठ २०८० सम्म नेपालमा प्रयोगमा रहेका र दर्ता नभएको मोबाइललाई कर तिरेर वैध गर्नसक्ने व्यवस्था गरेको हो ।