वैदेशिक रोजगारीका लागिफ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठगी

खबर खुराक
१७ जेठ २०८०

फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई ठगी आरोपमा पक्राउ गरेको सूचना अधिकारी एसपी मिलन केसीले जानकारी दिए।

दोलखा बैतेश्वर नगरपालिका-३ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिनलाई पक्राउ गरेको हो।

उनले ४ जनालाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भनेका थिए। प्रत्येक व्यक्ति १७ लाख रुपैयाँ लाग्ने र पुगेपछि मासिक एक लाख तलब हुने प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिन्छु भनेर विश्वासमा लिएका थिए।

त्यसरी पटकपटक गरी पीडितहरूबाट ४० लाख लिएर सम्पर्कबिहीन भएको प्रहरीले जनाएको छ।  वैदेशिक रोजगार विभागबाट पक्राउ गर्न पत्र पठाएपछि प्रहरीले उनलाई मंगलबार ललितपुर महानगरपालिका-३ पुल्चोकबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमाथि थप अनुसन्धान गर्न विभागमा पठाएको कार्यालयले जनाएको छ