विदेशबाट फर्केका यात्रुले कति सुन ल्याउन पाउने

खबर खुराक
१७ जेठ २०८०

१७ ,जेठ ।

विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म  सुनको गहना ल्याउन पाउने भएका छन् । आर्थिक विधेयकमा उल्लेख भएअनुसार यस परिणामको सुनको गहनामा कुनै पनि महसुल लाग्ने छैन । पचास ग्रामभन्दा बढी भएमा एक सय ग्रामसम्म सुनका गहनामा प्रचलित दर अनुसार महसुल लाग्नेछ । तर सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई गहनाको रूपमा मान्यता दिइने छैन ।

सुनको हकमा पहिलो पचास ग्रामसम्म प्रचलित दर अनुसार महसुल लाग्ने छ भने पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म प्रचलित दर अनुसार लाग्ने महसुलको अतिरिक्त थप तीन प्रतिशत महसुल लाग्नेछ ।
उल्लेख भएका बढी परिमाणमा सुन तथा सुनका गहना पैठारी गरेमा बढी भएको परिमाण जति जफत गरिने विधेयकमा उल्लेख छ। यात्रुले ल्याउने सुन तथा सुनका गहनाको भन्सार मूल्याङ्कन प्रयोजनका लागि हरेक महिनाको १ गते र १५ गते भन्सार विभागले अन्तर्राष्ट्रिय बजारबाट मूल्य सूची लिई भन्सार कार्यालयहरूमा उपलब्ध