लक्ष्य अनुसार राजस्व उठाउन नसकेका कारण महानगरपालिकाले बजेट कटौती

खबर खुराक
३२ जेठ २०८०

३२, जेठ।

देशका ६ महानगरपालिकाले १० असारमा आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउनेछन् । संघीय सरकारले यस वर्ष अनुदान कटौती गरेको र लक्ष्य अनुसार राजस्व उठाउन नसकेका कारण महानगरपालिकाको बजेट चालु आर्थिक वर्षको भन्दा कम हुनेछ ।

महानगरहरुले नयाँ कार्यक्रमलाई कम प्राथमिकता दिएर चालु कार्यक्रम सम्पन्न गर्ने गरी बजेट निर्माण गरिरहेका छन् ।