सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो

खबर खुराक
१ असार २०८०

१ असार, काठमाडौँ । आज असार १ गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले बढेको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा २० रुपैयाँले वृद्धि हुँदै आज प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।