दाङको देउखुरीमा हावाले केराका बोट ढाल्दा दुई लाख बढीको क्षेती

खबर खुराक
३ असार २०८०

३ असार, दाङ । दाङको देउखुरीमा हावाले केराका बोट ढाल्दा दुई लाख बढीको क्षेती भएको छ । जेठ ३१ गतेदेखि असारको १ गतेसम्म तीन दिनको अवधिमा गढवा गाउँपालिका वडा नम्बर ३ खैरेनीस्थीत एम.डि.टि.आर. कृषि फर्ममा रोपिएका डेढ सय बढी केराका बोटहरु ढेलेको सञ्चालक डिल्लीबहादुर रावतले जानकारी दिनुभएको छ ।

करिव आठ कट्ठा क्षेत्रमा रोपेका विरुवाहरुमध्ये फल लागेका र फल्न सुरु गरेका करिव एक सय ५० बोटहरु हावाले ढालेको उहाँले बताउनुभयो । करिव तीन बर्षअघि जिल्लामै पहिलो पटक रातो केराको व्यवसायीक खेती गरेका रावतले उत्पादन दिने समयमा केराका बोटहरु ढल्दा ठुलो क्षती भएको उहाँको भनाई छ ।