प्रतितोला २००० रुपैयाले घट्यो सुनको मुल्य

खबर खुराक
८ असार २०८०

८ असार, काठमाडौँ । यस साता सुनको मूल्यमा लगातार गिरावट आएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा यो साता २ हजार रुपैयाँले घट्दै १ लाख ९ हजार ८ सय रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

यस्तै तेजावी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज पनि तोलामा २५ रुपैयाँले घट्दै १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।