नेपाल भारतको सिमानामा कडाइ गरे पछि दैनिक आवतजावत गर्ने सर्वसाधारणको सख्यामा ७० प्रतिशतले कमि

खबर खुराक
१० असार २०८०

१०, असार।

पश्चिम नवलपरासीमा रहेको महेशपुर भन्सार कार्यालयमा कडाइ गरेसंगै सर्वसाधारणको आवतजावतमा कमि आएको छ । असार ५ गते देखि भारतीय बजारबाट भित्र्याने एक सय रुपियाँको सामानमासमेत भन्सार उठाउन सुरु गरे पछि सिमा नाकामा सर्वसाधारणको आवतजावतमा कमि आएको महेशपुर भन्सार कार्यालयका प्रमुख बुद्धि बहादुर चुडालले बताए । अहिले कडाइ गरे पछि दैनिक आवतजावत गर्ने सर्वसाधारणको सख्यामा ७० प्रतिशतले कमि आएको छ ।

नेपाल भारतको सिमाना भारतीय बजारबाट नेपाल आउने हरेक सामानमा भन्सार कडाइ गरिएको छ । भन्सार कार्यालयले सूचना नै निकालेर नेपाली एक सय रुपै‌या भन्दा बढिका सामानमा पनि भन्सार उठाइएको बताउदै चुडालले भारतबाट बिना भन्सार नेपालमा सामना आउदा राजस्व न्यून उठ्ने चुडालले भन्नु भयो । अहिले सरकारले लिएको एक सय रुपैया मुल्य बराबरको सामानमा पनि भन्सार लिग्ने निर्णयले सीमावर्ती क्षेत्रमा हुने अबैध कारोबारलाई निरुत्साहित बजारमा हुने अवैध कारोबारलाई निरुसाहित भएको छ ।

नेपाली उपभोक्ताहरुमा सिमा नाकामा रहेको भारतिय बजारमा सस्तो सामान पाइने भन्दै नेपाली उपभोक्ताहरु सिमा नाकाको जाने गरेको  नेपाल भारतको सिमाना नाकाको बजारमा भारतबाट दैनिक उपभोग्य सामानहरु नेपाल नआउँदा नेपाली बजार सुकेको  छ ।
अहिले सिमावर्ती क्षेत्रमा रहेको भारतिय बजारमा नेपाली उपभोक्ताहरुले साइकल, मोटरसाइकल, इरिक्सा, अटो लगायतका सवारी साधनहरु लिएर जाने क्रम रोकिएको छ।