नेपाल राष्ट्र बैंककाे सार्वजनिक असार १० ,आइतबारको विनिमय दर

खबर खुराक
१० असार २०८०

१०,असार ।

नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२४ रूपैयाँ २४ पैसा र बिक्रीदर १२४ रूपैयाँ ८४ पैसा पुगेको छ। केही समय यता डलरको भाउ बढिरहेको छ।

गत शुक्रबार डलर एकको खरिददर १२४ रूपैयाँ १३ पैसा र बिक्रीदर १२४ रूपैयाँ ७३ पैसा कामय भएको थियो। विश्व बजारमा डलरको माग बढेसँगै अमेरिकी डलरको भाउ पनि बढ्दो छ।

आइतबार युरोपियन युरो एकको खरिदमा १३१ रूपैयाँ ४८ पैसा र बिक्रीमा १३२ रूपैयाँ १२ पैसा पाइन्छ। अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रूपैयाँ ९४ पैसा कायम गरिएको छ।

आज कतारी रियाल एकको खरिदमा ३४ रूपैयाँ ०२ पैसा र बिक्रीमा ३४ रूपैयाँ १९ पैसा पाइन्छ। राष्ट्र बैंकले आइतबारको लागि युएई दिराम एकको खरिददर ३३ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३३ रूपैयाँ ९९ पैसा तोकेको छ। मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २२ पैसा र बिक्रीमा २८ रूपैयाँ ३६ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिददर ४०५ रूपैयाँ १० पैसा र बिक्रीदर ४०७ रूपैयाँ ०६ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३२९ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३३१ रूपैयाँ १८ पैसा तोकिएको छ।

यी बाहेक यस्तो छ आजको अन्य विनिमय दरः