नेप्से चार महिनायताको उच्च, ६२ अंकले नेप्से बढ्दा साढे ६ अर्बको कारोबार

खबर खुराक
१० असार २०८०

१० असार, काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्सेमा तीव्र वृद्धि आएको छ । यस दिन नेप्से सूचक ६२.२१ अंकको वृद्धि आउँदै २१ सय १७.७३ अंकको विन्दुमा उक्लिएको हो ।

 आज कारोबारमा समेत तीव्रता आउँदै आज ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड ४७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

आज लाइफ इन्स्योरैन्स कम्पनी कर्पोरेशन, हिमालयन लाइफ इन्स्योरेन्स, एनएमबी ५० मुचुअल फण्ड र सामलिङ पावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।
१३ वटै उपसूचक धनात्मक हुँदा बजार नै हरियाली बनेको छ । आज जीवन बीमातर्फको सेयर मूल्य आकासिन पुगेको छ ।