छाक टार्ने भात तरकारीमा पनि १३% भ्याट !

खबर खुराक
१८ जेठ २०८०

१८, जेठ।

त्यस्तै फ्रोजन गरिएका आलु, कोसे तरकारी, केराऊ, बोडी, सिमी, पालुँगो, गुलियो वा स्वादिलो मकैसमेतमा भ्याट लाग्ने व्यवस्था आर्थिक विधेयकले गरेको छ । यसअनुसार कफी र किसमिसमा पनि भ्याट लागु गरिएको छ । फ्रोजन मासु तथा माछामा पनि भ्याट लाग्ने बनाइएको छ । त्यस्तै डिजेल र पेट्रोलमा पहिलेदेखि भ्याट लाग्दै आएकोमा मट्टीतेलमा पनि कर लाग्ने व्यवस्था गरिएको छ । अब ऊन, धागोलगायत वस्तुमा पनि भ्याट लाग्नेछ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले १ सय ६७ वस्तुहरुमा भ्याट लगाउने घोषणा गरेका थिए । अब यस्ता वस्तु खरिद गर्दा पनि उपभोक्ताले थप १३ प्रतिशत कर तिर्नुपर्ने छ । यसरी आधारभूत कृषि उत्पादनमा भ्याट लागु भएपछि ती वस्तुहरु न्यूनतम् १३ प्रतिशतले महँगो हुनेछन् । भ्याट लाग्ने वस्तुको मूल्य तत्कालै १३ प्रतिशतले बढ्ने चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालले बताए । दीर्घकालमा भ्याटमा दर्ता भएका कम्पनीहरुले कर फिर्ताको प्राप्त गर्ने हुँदा लागत कम परेर मूल्य कम हुन सक्छ । तर, तत्कालका लागि मूल्य बढ्ने नै हो’ उनले भने ।

५० लाखसम्मको कारोबार गर्नेहरु भ्याटमा जानु नपर्ने भएकाले यो व्यवस्थाले नेपालका साना किसानलाई फाइदा हुने उनले बताए । यस्तै भ्याटमा दर्ता हुनु नपर्ने साना व्यवसायीले गर्ने कारोबारमा पनि भ्याट नलाग्ने उनको भनाइ छ । ‘यसले आयात हुने वस्तु सबैमा भ्याट लाग्छ, त्यसो हुँदा नेपाली उत्पादन सस्तो पर्न जान्छ । तर, ५० लाखमाथि कारोबार गर्ने किसान वा कम्पनीहरुले भने भ्याट तिर्नुपर्छ’ उनले भने ।