अब खेलाडीहरुलाई पनि स्वरोजगार बन्न सहुलियत कर्जा दिने

खबर खुराक
१८ जेठ २०८०

१८,जेठ।

सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । अर्थमन्त्री डा प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।

सरकारले मार्सल आर्ट खेललाई समुदायस्तरसम्म विकास गर्ने घोषणा गरेको छ । यसैगरी त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम र मूलपानी क्रिकेट मैदानको निर्माण पनि आगामी वर्षमा टुंग्याउने घोषणा गरेको छ ।