गुल्मी स्थानीय तहलाई चार अर्ब ५३ करोड बजेट

खबर खुराक
१८ जेठ २०८०

१८ जेठ, गुल्मी । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि गुल्मीका १२ स्थानीय तहलाई चार अर्ब ५३ करोडभन्दा बढी रकम विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७९–८० का लागि गुल्मीका १२ स्थानीय तहलाई चार अर्ब ५१ करोड ९६ लाख रुपियाँ बजेट विनियोजन भएको थियो ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि सार्वजनिक गरेको विवरणअनुसार संघीय सरकारबाट गुल्मीका १० गाउँपालिका र दुई नगरपालिकालाई चार अर्ब ५३ करोड ५० लाख रुपियाँ बजेट विनियोजन भएको हो । जसमा जिल्लाको मुसिकोट नगरपालिकालाई सबैभन्दा धेरै बजेट विनियोजन भएको छ ।

मुसिकोट नगरपालिकाका लागि ४७ करोड ९७ लाख रुपियाँ विनियोजन भएको हो । चालु आर्थिक वर्षका लागि यस नगरपालिकालाई ४८ करोड ५२ लाख रुपियाँ बजेट छुट्याइएको थियो । जिल्लाको सदरमुकाममा रहेको रेसुङ्गा नगरपालिकाका लागि ३९ करोड २५ लाख रुपियाँ बजेट विनियोजन भएको छ । रेसुङ्गा नगरपालिकालाई चालु आर्थिक वर्षका लागि कुल ४१ करोड १३ लाख रुपियाँ बजेट छुट्याइएको थियो ।

त्यस्तै, धुर्कोट गाउँपालिकाका लागि ४० करोड २७ लाख रुपियाँ बजेट विनियोजन भएको छ । यस गाउँपालिकामा चालु आर्थिक वर्षका लागि ४० करोड ६३ लाख रुपियाँ बजेट विनियोजन भएको थियो । इस्मा गाउँपालिकालाई आगामी आर्थिक वर्षका लागि ३२ करोड चार लाख रुपियाँ बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षका लागि यस पालिकालाई ३१ करोड तीन लाख रुपियाँ बजेट छुट्याइएको थियो ।

जिल्लाको कालीगण्डकी गाउँपालिकालाई ३५ करोड ९० लाख रुपियाँ बजेट विनियोजन भएको छ । यस पालिकामा चालु आर्थिक वर्षका लागि ३४ करोड ४३ लाख रुपियाँ बजेट छुट्याइएको थियो । गुल्मी दरबार गाउँपालिकाका लागि ३२ करोड २१ लाख रुपियाँ बजेट विनियोजन भएको छ । यस पालिकालाई चालु आर्थिक वर्षका लागि ३२ करोड १९ लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि चन्द्रकोट गाउँपालिकालाई ३६ करोड १३ लाख रुपियाँ बजेट विनियोजन भएको छ ।

यस पालिकामा चालु आर्थिक वर्षका लागि ३३ करोड ८४ लाख रुपियाँ बजेट छुट्याइएको थियो । छत्रकोट गाउँपालिकालाई ३९ करोड ३८ लाख बजेट रुपियाँ विनियोजन भएको छ । यस पालिकामा चालु आर्थिक वर्षका लागि ३८ करोड ५८ लाख रुपियाँ बजेट छुट्याइएको थियो । मदाने गाउँपालिकालाई ३३ करोड ७३ लाख रुपियाँ बजेट विनियोजन भएको छ ।

यस पालिकालाई चालु आर्थिक वर्षका लागि ३८ करोड २० लाख रुपियाँ बजेट छुट्याइएको थियो । मालिका गाउँपालिकालाई ३८ करोड ८२ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यस पालिकामा चालु आर्थिक वर्षका लागि ३९ करोड १५ लाख रुपियाँ बजेट छुट्याइएको थियो । रुरुक्षेत्र गाउँपालिकालाई ३७ करोड ३७ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यस पालिकालाई चालु आर्थिक वर्षका लागि कुल ३६ करोड १६ लाख रुपियाँ बजेट छुट्याइएको थियो ।

सत्यवती गाउँपालिकालाई आगामी आर्थिक वर्षका लागि ४० करोड तीन लाख रुपियाँ रकम विनियोजन भएको छ । यस पालिकालाई चालु आर्थिक वर्षका लागि कुल ३८ करोड १० लाख रुपियाँ बजेट विनियोजन गरिएको थियो ।