सरकारलाई राजस्व : जनतालाइ जुसमा पनि अन्तःशुल्क वृद्धि

खबर खुराक
२१ जेठ २०८०

२१ ,जेठ ।

सरकारले सबै प्रकारका बोतल बन्द जुस पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छ । बोतलमा बन्द गरिएका विभिन्न फ्लेभरका यस्ता जुसमा गरिएको अन्तःशुल्क वृद्धिले सरकारलाई राजस्व बढ्नेछ भने उपभोक्तालाई अतिरिक्त मूल्य थप हुनेछ । आर्थिक विधेयक २०८० को शंसोधनअनुसार यसअघि प्रतिलिटर ११ रुपैयाँ रहेको फलफूलको जुसको अन्तःशुल्क २ रुपैयाँले बढाएर १३ रुपैयाँ कायम गरिएको छ ।

सरकारको यस्तो निर्णय पछि स्याउ, अंगुर, भुइँकटहर, पमेलो, क्रयानबेरी, आँपसहितका फलफूल र सयुक्त जुस महँगो हुनेछ ।