सकारले सरकारी स्वामित्वको बैंक तथा वित्तीय संस्थाको पुनर्संरचना गर्ने घोषणा

खबर खुराक
२१ जेठ २०८०

२१,जेठ ।

सकारले सरकारी स्वामित्वको बैंक तथा वित्तीय संस्थाको पुनर्संरचना गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीलाई लक्षित गरी रेमिट्यान्स बण्ड जारी गर्ने र औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहन गर्ने उनले बताए ।  सकारले सहुलियत पूर्ण कर्जाको लगानी ब्याज अनुदानको बजेट घटाएको छ । सहुलियतपूर्ण कर्जाको लगानी ब्याज अनुदान सम्बन्धी कार्यक्रम पुनर्संरचना गर्ने घोषणा गरेको छ ।

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानको ११ अर्ब ५९ करोड विनियोजन गरेको उनले बताए । गत आर्थिक वर्षमा १३ अर्ब ५९ करोड बजेट विनियोजन गरेकोमा चालु आर्थिक वर्षमा सहुलियत कर्जाको ब्याज अनुदानको बजेट २ अर्बले घटाएको हो ।