कालिकोट जिल्लामा तिन दिन बिद्युत् सेवा पुर्ण रुपमा बन्द

खबर खुराक
२१ जेठ २०८०

२१ जेठ, कालिकोट । कालिकोट जिल्लामा तिन यता बिद्युत् सेवा पुर्ण रुपमा बन्द भएको छ । राष्ट्रिय प्रसारण लाइन दुल्लु यताको लाइन अवरोध हुँदा कालिकोट जिल्ला बिद्युत् विहीन भएको हो । दैलेख खण्डमा एक पोल ढलेका कारणले तीन दिन यता बिद्युत् बन्द भएको जनाइएको छ ।

शुक्रवार बिहान पाँच बजेबाट गएको बत्ती अझै आएको छैन । बिद्युत् वितरण केन्द्र कालिकोटका कुनै पनि फोन मोबाइलमा सम्पर्क हुन नसक्ने अवस्थामा छन् । प्रमुख जिल्ला अधिकारी जोरासिहं माझिले दैलेख खण्डमा पोल लडेका कारणले बिद्युत् अवरोध भएको भन्ने आफूले जानकारी पाएको बताउनुभयो । उहाँले तत्काल कहाँ कसरी हुन्छ छिटो बनाउन निर्देशन गरेको भए पनि त्यस यताको सूचना पाउन नसकेको जानकारी दिनुभयो ।

बिद्युत् नहुँदा जिल्लाका सञ्चार माध्य एफ.एम रेडियो बन्द भएका छन् । शुक्रवारको सरकारी सेवामा पनि अवरोध भएको छ । बिचमा शनिवार परेकाले सरकारी कार्यालयको सेवामा खासै असर नपरे पनि आज आइतबारको सेवामा भने प्रभाव पर्ने सरकारी कार्यालयको चिन्ता छ । खाँडा चक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले नगरका कामकाजमा समस्या हुने बताउनुभयो ।

केही फाटका कर्मचारीलाई शनिवार पनि काम गर्न लगाएको भए पनि बिद्युत् नभएका कारणले भुक्तानी, सम्झौता लगाएका कम्प्युटर मार्फत हुने काम अवरोध भएको प्रमुख शाहीको भनाई छ । कालिकोटमा एक मात्र बिद्युत् प्रसारणका लागि राष्ट्रिय प्रसारण लाइन भएको र उक्त लाइन अवरोध भएपछि पुरै कालिकोट जुम्ला सम्म बिद्युत् विहीन हुने गरेको छ ।