आज पनि बढ्यो सुनको मूल्य

खबर खुराक
२४ जेठ २०८०

२४ जेठ,काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जनाएको छ । आजको बजारभाउ तय गर्दै महासंघले हिजो मंगलरको तुलनामा सुनको मूल्य २०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो । सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम छ । हिजो मंगलबार पनि यहि मूल्यमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।