शेयर बजार मंगलबार ३४.१७ अंकले वृद्धि

खबर खुराक
३० जेठ २०८०

३० जेठ, काठमाडौं । शेयर बजार मंगलबार ३४.१७ अंकले बढेको छ । मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ । ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यो कारोबार रकम करिब ६ महिनायताकै उच्च हो ।

वित्तीय प्रणालीमा तरलता बढ्दै जाँदा शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । बैंकमा निक्षेप थुप्रिँदै जाँदा सीडी रेसियो तल झरिरहेको छ । खासै कर्जा प्रवाह हुन सकेको छैन । जसका कारण अहिले सीडी रेसियो ८४.३३ प्रतिशतमै आएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार अन्तर बैंक ब्याजदर पनि ६.३१ विन्दुमा छ ।

यस दिन २७० कम्पनीको १ करोड ८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ ।