बढ्यो सुनको मुल्य

खबर खुराक
१९ असार २०८०

१९ असार, काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।  मंगलबार प्रतितोला छापावाल सुन  ४०० रुपैयाँ र तेजाबी सुन ३५० रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साेमबार प्रतितोला छापावाल सुन १०० रुपैयाँ र तेजाबी सुन ५० रुपैयाँले रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। साेमबार भाउ स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।