तोलामा १०० रुपैयाले घट्यो सुनको मुल्य

खबर खुराक
२२ असार २०८०

२२ असार, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला एक सय रुपैयाँले बढ्दै १ लाख १० हजार ७ सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य आज पुनः १ सय रुपैयाँले घटेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै घट्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घट्दै आज १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।