घट्यो सुनको मुल्य

खबर खुराक
३१ असार २०८०

३१ असार,काठमाडौ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअुनसार गत साताको शुक्रबारको तुलनामा आइतबार मूल्य घटेर सुन कारोबार भइरहेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम थियो । जुन, आइतबार तोलामा ३०० रुपैयाँको गिरावटपछि कारोबारमा आएको हो ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ  ।
महासंघले गत साताको शुक्रबारको तुलनामा आज मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम छ ।