घटेर आयो भारतबाट पेट्रोलियम पदार्थको मूल्य

खबर खुराक
३१ असार २०८०

३१ असार, काठमाडौँ ।  आज इण्डियन आयल कर्पोरेशन (आईओसी)ले घटेको मूल्य पठाएको आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानीले बताए ।

 उनका अनुसार भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ०.३४ रुपैयाँले र डिजेलको मूल्य प्रतिलिटर २.४७ रुपैयाँ घटेर आएको हो । भारतबाट प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची आउनेगर्छ । एलपीजी ग्याँसको मूल्यसूची भने प्रत्येक महिनाको १ तारिखमा आउँछ ।