आज पनि तोलामा ६०० रुपैयाले बढ्यो सुनको मुल्य

खबर खुराक
३ साउन २०८०

३ साउन, काठमाडौं । सुनको मूल्य पुनः उच्च रेकर्ड नजिक पुगेको छ ।

बुधबार तोलामा ६ सयले रुपैयाँ मूल्य बढेपछि सुनको मूल्य तोलाको एक लाख १३ हजार १०० रुपैयाँ कायम भएको छ ।

सुनमा यसअघि हालसम्मकै उच्च मूल्य गत जेठ १९ मा एक लाख १३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आज तेजावी सुनको मूल्य एक लाख १२ हजार ५५० र चाँदीको मूल्य १४ सय ९० रुपैयाँ कायम भएको छ ।

मंगलबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो ।