सुनको मूल्यले बनायो नयाँ रेकर्ड

खबर खुराक
४ साउन २०८०

४  साउन,  काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावापाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा करोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १३ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।