यस्ताे छ नयाँ मौद्रिक नीति [पूर्णपाठ]

खबर खुराक
८ साउन २०८०

८ साउन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आवसीय कर्जाको सीमा बढाएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत् आवासीय कर्जा ५० लाख रुपैयाँले वृद्धि गरेको हो। कर्जा सीमा बढेसँगै अब घर बनाउन बैंकबाट २ करोड रुपैयाँसम्म ऋण पाइनेछ।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने  घोषणा मौद्रिक नीतिले गरेको छ ।