आजको फलफूल तथा तरकारीको मूल्य

खबर खुराक
८ साउन २०८०

८ समउन,काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो नेपाल गोलभेडा प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा, सानो लोकल गोलभेडा ४३ रुपैयाँ, टनेल गोलभेडा, लौका, रातो बन्दा र लोकल नासपाती ६५ रुपैयाँ, रातो आलु ५० रुपैयाँ ८० पैसा, भारतीय रातो आलु ३५ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ४१ रुपैयाँ रहेको छ ।

यस्तै, सेतो आलु ३९ रुपैयाँ, सुकेको प्याज ५० रुपैयाँ ६० पैसा, लोकल गाजर १२ रुपैयाँ, लोकल बन्दा १३ रुपैयाँ ८० पैसा, स्थानीय काउली ६६ रुपैयाँ, स्थानीय काउली ९ज्यापु० ८६ रुपैयाँ ६७ पैसा, रातो मूला र लोकल सिमी ३५ रुपैयाँ, लाम्चो भन्टा ४२ रुपैयाँ ५० पैसा, तने बोडी ४३ रुपैयाँ, मकै बोडी र भिण्डी प्रतिकेजी ४५ रुपैयाँ पर्नेछ ।

त्यस्तै, राजमा घिउ सिमी, भटमासकोशा, पिंडालू, हरियो लसुन, गान्टे मूला र रायोको साग ७५ रुपैयाँ, टाटे सिमी १३० रुपैयाँ, तितो करेला, झिगूनी, स्कूस र तोरीको साग प्रतिकेजी ५५ रुपैयाँ, हरियो प्याज ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७६ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, कुरीलो २८० रुपैयाँ, न्यूरो ७६ रुपैयाँ, ब्रोकाउली ९५ रुपैयाँ, सेलरी र पुदीना १३५ रुपैयाँ, पार्सले ३२५ रुपैयाँ रहेको छ ।

यसैगरी, फूजी स्याउ ३७५ रुपैयाँ, कागती १७० रुपैयाँ, अनार ३९० रुपैयाँ, मालदह आँप १५५ रुपैयाँ, दसहरी आँप १४५ रुपैयाँ, चोसा आँप १५५ रुपैयाँ, कलकत्ते आँप र हरियो तरबुजा ८५ रुपैयाँ, हरियो अंगुर ४७५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १६५ रुपैयाँ, रुख कटहर ४३ रुपैयाँ ३३ पैसा, किवि ८५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २७६ रुपैयाँ र अकबरे खुर्सानी प्रतिकेजी ५५० रुपैयाँ, भेडे खुर्सानी ८६ रुपैयाँ र हरियो धनिया ११० रुपैयाँ तोकिएको छ ।